वन फँडानी गरेको आरोपमा एक जना पक्राउ, तीन जना फरार

वन फँडानी गरेको आरोपमा एक जना पक्राउ, तीन जना फरार

फाईल फोटो ।

मुसिकोट । रुकुम पश्चिममा सामुदायिक वन फँडानी गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने तीन जना फरार रहेका छन ।

जिल्लाको चौरजहारी नगरपालिका ११ का ५१ वर्षिय दिल बहादुर शाहलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमबाट खटिएर गएको टोलीले शुक्रबार पक्राउ परेको हो ।

पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख शेर बहादुर परियारले जानकारी दिनुभयो

उहाँका अनुसार पक्राउ शाह बिरुद्ध चौरजहारी नगरपालिका ११ स्थित जनकल्याण सामुदायिक वन भित्र प्रचलित कानून विपरित रुख फँडानी गरेको आरोप रहेको छ ।

यस्तै सो वन फडानी कार्यमा संलग्न अन्य तीन जना भने फरार रहेको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । फरार तीनै जनाको खोजी कार्य भईरहेको बताईएको छ ।

जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शान्त बहादुर शाहले समितिलाई जानकारी नै नदिई सामुदायिक वन क्षेत्रका ३१ वटा रुखहरु काटिएको भन्दै चौफा सव डिभिजन कार्यालयमा उजुरी दिएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार