दैलेखका एक जनामा काेराेना देखियो, पुन: परीक्षण गर्न स्वाब नेपालगञ्ज पठाइयो

दैलेखका एक जनामा काेराेना देखियो, पुन: परीक्षण गर्न स्वाब नेपालगञ्ज पठाइयो

जेठ ५ काठमाडौ । सुर्खेतकाे जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एक जनामा काेेेेराेेेेना   संक्रमण देखिएको छ ।                                       दैलेखको आठबीसकोट नगरपालिकाका  ३५ वर्षीय ती व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर  खड्काले जानकारी दिनुुुभएकाेे छ । उहाका अनुुसार   उनकाेे पुनः  पिसिआर परिक्षणकाे लागि  नेपालगञ्ज पठाएको छ ।

कोरोना रिर्पोटमा पोजेटिभ देखिएका ती व्यक्ति ४५ दिन भारतको वनवासाको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र दैलेखमा आएका हुन् ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण देखिएको छैन।  यसभन्दा पहिला पनि रुकुमका दुई जनाको धनगढी गरिएको परीक्षणमा पोजेटिभ देखिएका थप परीक्षणका लागि काठमाडौं पठाउँदा नेगेटिभ आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार