रुकुममा त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने

रुकुममा त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने

प्रतिकात्मक तस्वीर

मुसिकोट । त्रिवेणी युथ क्लबको रुकुम पश्चिमको आयोजनामा झुल्नेटामा “प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ । हिन्दुहरुको महान चाड वडा दशै तथा शुभ दिपावलीको अवसरमा त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा विजेता हुने समुहले ८० हजारको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता हुने समुहले ४० हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने त्रिवेणी युथ क्लवका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरु छनोट गरि पुरस्कृत गरिने भएको छ । खेल प्रतियोगिता २०८० कार्तिक १२ गतेदेखि १५ गतेसम्म त्रिवेणी गाउँपालिका वडा नम्बर ६ स्थित दवाङ झुल्नेटामा सञ्चालन हुने छ ।

आयोजकका अनुसार टिम दर्ता असोज १५ देखि कार्तिक ११ गते साँझ ६ बजेसम्म गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुन चाहनेलाई दर्ता शुल्क ६५०० र कार्ड डिपोजिट शुल्क १५०० तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार