सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट रुकुम पश्चिमका क्रियाशिल पत्रकार राजु लामिछाने निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
काठमाडौँमा भएको महाधिवेशनबाट लामिछाने केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गोरखापत्र दैनिकमा आबद्ध पत्रकार लामिछानेले लामो समय सुशासन, मानव अधिकार र पत्रकारिताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ बास नेपालको केन्द्रीय अध्यक्ष समेत भइसक्नुभएको छ ।
महाधिवेशनबाट उमिद बागचन्दको अध्यक्षतामा २७ सदस्यीय सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ गठन गरेको हो ।