चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।
उपभोक्ताको ढाड सेक्ने गरि मूल्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो ।
नेपाल आयल निगम हिजो पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ रुपैयाँ बढाएको थियो ।