भुक्तानी नपाएको भन्दै हार्डवेर सञ्चालकले लगाए विद्यालयमा ताला

भुक्तानी नपाएको भन्दै हार्डवेर सञ्चालकले लगाए विद्यालयमा ताला

मुसिकोट । विद्यालय भवन निर्माण गर्दा लगेका निर्माण सामग्रीको रकम नपाएपछि रुकुम पश्चिमको एक विद्यालयमा ताला लगाइएको छ । आईतबार जिल्लाको सानीभेरी गाउँपालिका वडा नं ७ फुक्रुमा रहेको जनज्योती आधारभूत विद्यालय ताला लगाइएको हो ।

२०७५ सालमा विद्यालय भवन निर्माण गर्दा निर्माण समितिले लगेका सरिया, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीको रकम विद्यालयले अहिलेसम्म पनि भुक्तानी नगरेपछि विद्यालयमा ताला लगाइएको सानीभेरी हार्डवेरका सञ्चालक मनिषा विसी ओलीले जानकारी दिनुभयो ।

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। यस अघि पनि ताला लगाउन खोज्दा गाउँपालिका र स्थानीयले केहि दिनमा रकमको व्यवस्था गर्ने आश्वासन दिएपनि अहिलेसम्म रकम नपाएपछि विद्यालयमा ताला लगाइएको हार्डवेर सञ्चालक मनिषाले जानकारी दिनुभयो।

विद्यालयको भवन निर्माणमा केहि रकम पहिले दिएपनि करिब ९ लाख रकम बाँकी रहेको र हाल सम्म थोरै मात्र व्याज जोडेर १४ लाख ९० हजार रुपैया पुगेको संचालक मनिषाले बतानुभयो ।

विद्यालयको गेटमा ताला लागेपपछि अहिले शिक्षक र विद्यार्थीहरु गेटबाहिर अलपत्र अवस्थामा रहेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताउनुभयो । कक्षा ५ सम्म संचालन भएको उक्त विद्यालयमा ५० जना विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

प्रधानाध्यापक ओलीका अनुसार सानीभेरी हार्डवेरबाट जम्मा ९ लाख ९७ हजारको निर्माण सामाग्री खरिद गरेको र ४ लाख रुपैया तिरेको भएपनि हाल व्याज जोडेर धेरै रकम बनाएको बताउनुभयो । प्रधानाध्यापक ओलीले विद्यालय भवन निर्माणको जिम्मा लगेको खड्का एण्ड केसी निर्माण सेवालाई पनि करिब ६ लाख रुपैया तिर्ण बाँकी रहेको र पटक पटक उक्त निर्माण व्यवसायीले पनि विद्यालय बन्द गर्ने चेतावनि दिइरहेको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार