मेराे जन्मदिन

मेराे जन्मदिन

✍️
रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ , गुल्मी
आश्विनकाे चाैध आज जन्म दिन मेराे
सांसारिक माया माेह भयाे सेरोफेरो ।
हुनुहुन्छ आमा साथ गर्नुहुन्छ माया
शर्दी गर्मी भयाे भने दिनुहुन्छ छायाँ ।
जब देखि तपाईंको बसें गर्भभित्र
सम्झी कति काेर्नुभयाे मनभित्र चित्र ।
पाठेघर भित्र लात्ती हाने हुँला कति
मैले कष्ट दिदा आमा थियाे कस्ताे गति ?
प्रसवकाे वेदना त्याे पिडादायी थियाे
शिशु पैदा हुँदा आमा झण्डै ज्यानै लियाे ।
आठाैं गर्भ थिएँ म त भयाे धेरै दुःख
जन्मे पछि पनि आमा कहाँ थियाे सुख ?
दुई दाजु पहिलेका गएका रे खेर
कालसित जुध्नु पर्याे आमा धेरै फेर ।
हुर्काउन झनै गार्हो परे हाेला आमा
मेरै लागि खेप्नु भयाे पिर, बेथा ,धामा ।
आमा अब तपाईंको सानाे बुढाे भयाे
भन्नुहुन्छ मेरा लागि अझै सानाे छ याे ।
छाेरा छाेरी जन्म दिन मनाउने भन्दै
मैनबत्ती बाल्ने भन्छन् वर्षहरू गन्दै ।
अंग्रेजीमा ह्याप्पी बर्थ डे भन्दै कराउछन्
बत्ती बाल केक काट भन्दै अराउछन् ।
फुलाउनु पर्छ अरे बेलुनका फाेका
दिनुपर्छ भन्छिन् छाेरी उपहार पाेका ।
के के ल्याउछन् हल्लाउछन् हिउँ वर्षा गर्छन्
मुसुमुसु हाँसिदिन्छु अनि मख्ख पर्छन् ।
सामाजिक सञ्जालले इष्ट मित्र माझ
भनिदियाे हिजैबाट जन्म दिन आज ।
हिजाे आज मेराप्रति शुभ भन्ने जन
सबैप्रति धन्यवाद भन्छ मेराे मन ।
२०८० आश्विन १४

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार