सामाजिक विकास कार्यालयद्वारा पत्रकारहरुसँग अन्तरक्रिया

सामाजिक विकास कार्यालयद्वारा पत्रकारहरुसँग अन्तरक्रिया

मुसिकोट । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्षमा सम्पन्न गतिविधिहरुको समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ ।

जिल्लामा क्रियाशिल पत्रकारहरु बिच बार्षिक समिक्षा, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेर कार्यालयले जानकारी गराएको हो । कार्यालयले गर्ने विभिन्न सामाजिक गतिविधिहरुमा ऐक्यबद्धता र समस्याहरु साझा रुपमा समाधन गर्न सघाउ पुग्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यालयका प्रमुख धनन्जय आचार्यले गत आर्थिक वर्ष ०७९,८० मा सम्पन्न गतिविधिहरु र चालु आर्थिक वर्ष ०८०,८१ मा स्विकृत कार्यक्रमहरुको प्रस्तुती राख्नुभएको थियो । उहाँले कार्यालयलले विभिन्न ६ वटा क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । शिक्षा, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, महिला तथा बालबालिका, भाष, धर्म र संस्कृति, श्रम तथा रोजगार र युवा तथा खेलकुदको क्षेत्रमा विभिन्न कामहरु गरेको बताउनुभयो ।

उहाँले भौतिक निर्माणका कामहरु समेत कार्यालयले गर्नुपरेकोले कठिनाई हुने गरेको उल्लेख गर्नुभयो । प्राविधिक क्षेत्रको काममा स्विकृति तथा बजेट निकासा गर्न आफूहरुलाई असहज हुने उहाँको भनाई छ । मानविय विकासका क्षेत्रमा कार्य गर्नुपर्ने कार्यालय भएतापनि विविध जिम्मेवारीहरु हुने गरेको आचार्यले उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले सामाजिक विकास कार्यालयका कामहरु थप प्रभावकारी बनाउन आवश्यक रहेको औल्याउनुभयो । सामाजिक क्षेत्रका तमाम् समस्याहरुसँग नियालेर समस्या समाधानउन्मुख गतिविधिहरु तय गर्नका जोड दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमहरु सार्वजनिक सँगै सबैसँग ऐक्यबद्ध भएर सञ्चालन गर्दा सफलता पाईने सहायक प्रजिअ बढुवालको भनाई छ । कार्यक्रममा प्रहरी निरिक्षक बिष्णु प्रसाद श्रेष्ठले बालबिवाह, घरेलु हिंसा, बहुविवाह, जातिय विभेदm लागु पदार्थ दुव्र्यसनि लगायतका क्षेत्रमा साझा भएर काम गर्न प्रहरी तयार रहेको बताउनुभयो । समाजका विविध समस्याहरुमा हातेमालो गरेर समस्या समाधान गर्नमा उहाँको जोड छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले सामाजिक समस्याहरु केन्द्रित भएर कार्यक्रम तय गर्न र सोहि अनुसार कार्यान्वयन गर्नमा संचारकर्मीहरु हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले सचेतनाका कार्यक्रमहरु आवश्यक रहेकोले सबै सरोकारवाला निकायहरुले साझा भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका प्राविधिक सहायक (शिक्षा) योगेन्द्र आलेमगरले गर्नुभएको थियो भने महिला विकास निरीक्षक शसिला घर्ती मगरले स्वागत गर्नुभएको थियो । जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार