डोजरले ठक्कर दिँदा रुकुममा एक बालक घाईते

डोजरले ठक्कर दिँदा रुकुममा एक बालक घाईते

मुसिकोट । शुक्रबार दिउँसो रुकुम पश्चिममा डोजर (स्काभेटर) ले च्यापेर एक बालक घाईते भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर १० घन्ठानाका भरत खड्काका ६ वर्षिय छोरा चन्द्रलाल खड्का घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार आज दिउँसो साढे १ बजे बिद्यालयबाट घर फर्कने क्रममा उनलाई डोजरले ठक्कर दिएको हो ।

बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिएको प्रहरी नायब उपरिक्षक भट्टराईले जनाउनुभयो । गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्रि सडक मर्मत गरेर फर्कने क्रममा बालकलाई डोजरले ठक्कर दिएको हो ।

प्रहरीले डोजर चालक सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी २३ बर्षिय धनेश  कुमार बिक र डोजरलाई नियन्त्रणमा लिएको छ ।

घाईते बालकलाई अहिले उपचारको लागि जिल्ला अस्पताल सल्ले राखिएको छ । उनको बाँया खुट्टामा चोर र कम्मरदेखि तलको भाग च्यापिएकोले अवस्था गम्भिर रहेको अस्पतालले जनाईएको छ ।

अस्पतालले थप उपचारको लागि जिल्ला बाहिर लैजान रिफर गरेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले घाईते बालकलाई सुविधासम्पन्न अस्पताल लैजान हेलिकप्टर ल्याउने तयारी गरेको बताउनुभयो । उहाँले नेपाली सेनाको हेलिकप्टरलाई सुर्खेतबाट मगाईएको उल्लेख गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार