रुकुम पश्चिममा सुत्केरीको हेलिकप्टरबाट उद्धार

रुकुम पश्चिममा सुत्केरीको हेलिकप्टरबाट उद्धार

मुसिकोट । रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

मंगलबार दिउँसो आठविसकोट नगरपालिका वडा नम्वर ६ की ३० वर्षिया सपना खत्रीलाई नेपाली सेनाको एनए ०६१ हेलिकप्टर मार्फत सुर्खेत लगिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

खत्रीलाई सुत्केरी व्यथा लागेपछि असोज २१ गते जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उहाँको शल्यक्रियाद्वारा सकुसल बच्चा निकालिएको थियो ।

शल्यक्रिया पश्चात रक्तश्राव अत्याधिक भएको र छातिमा समेत समस्या देखिएपछि थप उपचारको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार