त्रिजमाविको प्रशासनिक निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी

त्रिजमाविको प्रशासनिक निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयका केहि कर्मचारीलाई सेवाबाट वर्खास्त गरेको र केहि स्थायी शिक्षकलाई करार सेवामा रुपान्तरण गरेको भन्दै विभिन्न शिक्षक संघ संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार शिक्षकका पेशागत सघ सगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विद्यालय प्रशासनले गरेका निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक गोपिराम केसी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले एकलौटी ढंगले विव्यसका अन्य सदस्यहरुलाई थाहा नदिई रातारात अधिनायकवादी शैली र मिचाहा प्रवृतिबाट विद्यालय कर्मचारीमा भएको अवैधानिक कारवाहीप्रति पिडित विद्यालय कर्मचारी र पेसाकर्मी शिक्षक तथा विद्यालय कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको बताईएको छ ।

विद्यालयमा विगत १९ वर्ष देखि विद्यालय आन्तरिक स्रोतबाट अधिकृत पदमा कार्यरत जयराम थापा र कार्यालय सहायक लेखापाल ठग बहादुर बुढाथोकीलाई नीति नियम विपरित विद्यालयले सेवाबाट वर्खास्त गरेको, सहायक प्रअ संगम केसीलाई पदमुक्त गरेको र अन्य आन्तरिक स्रोतबाट केही स्थायी रुपमा कार्यरत विद्यालय कर्मचारीहरु समेतलाई करारमा परिवर्तन गरिएको प्रति प्रेस विज्ञप्ती मार्फत खेद प्रकट गरिएको छ ।

विद्यालय प्रशासनले आफैले बल्झाइएको समस्यालाई समयमा उचित निकास नगरिएमा कडा आन्दोलनका कार्यक्रमहरु तय गरी आन्दोलन गर्ने चेतावनी दिईएको छ । समयमै समाधानको उपाय खोजी नगरी व्यवास्ता गरेमा उक्त आन्दोलनबाट पर्ने कुनै पनि क्षति विद्यालय प्रशासन लगायत सम्बन्धित सबै सरोकारवालाले व्यहोर्नु तयार हुन भनिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार