सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत

सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत

मुसिकाेट । भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् ।

मृत्यु हुनेमा वडा नम्बर २ को परियार टोल बस्ने १२ वर्षीय मनिषा परियार, वडा नम्बर १ चाइना बगर बस्ने ३१ वर्षीय धनवीर पुन, २८ वर्षीय चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाका बालक रेजन वली र ४ वर्षीय सरस्वती विक छन् ।

यस्तै, वडा नम्बर ४ बस्ने ८ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई, ६ वर्षीय कृष्ण परियारको पनि मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार