भूकम्प : रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए

भूकम्प : रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए

मुसिकाेट । रुकुम पश्चिममा भूकम्पमा परी घाइते भएका ३० जना उपचारपछि घर फर्किएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबीसकोटबाट ३० जना उपचारपछि घर पठाइएको हाे ।

हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए ।

डीएसपी भट्टराईका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार