उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहितको टोली भूकम्प प्रभावित क्षेत्रमा

उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहितको टोली भूकम्प प्रभावित क्षेत्रमा

मुसिकोट । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा सहितको टोली भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि रुकुम पश्चिम आईपुगेको छ ।

आईतबार दिउँसो उपप्रधानमन्त्री खड्का सहितको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ले भूकम्पका कारण परिवारका चार सदस्य गुमाएका रूकुम पश्चिमको सानीभेरी नगरपालिका–१ का प्रेम पुनको परिवारसँग भेट गर्नुभएको छ ।

त्यस्तै उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । भूकम्पबाट प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्री पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई उपप्रधानमन्त्री पूर्णबहादुर खड्क‍ाले निर्देशन दिनुभएको छ र

रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेपछि खड्काले सोमबारसम्म राहतका सबै सामग्री प्रभावित जिल्लामा पुर्‍याइसकिने बताउनुभयो ।

खोज तथा उद्दारको काम करिब सम्पन्न भइसकेकाले संघीय र प्रदेश सरकारले राहत र पुनःस्थापनामा लागेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकोप्टरसहित स्काई ट्रकले बिरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकोप्टरले ढुवानी गरिररहेको छ ।

भूकम्पको कारण रुकुम पश्चिम र जाजरकोटमा १५७ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार