भूकम्प पीडितलाई कर्मयोग फाउण्डेशनको सहयोग

भूकम्प पीडितलाई कर्मयोग फाउण्डेशनको सहयोग

मुसिकोट । जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट पीडित तथा प्रभावितहरुलाई काठमाडौको कर्मयोग फाउण्डेशनले राहत सामाग्री प्रदान गरेको छ ।

भूकम्पमा परी मृत्यु भएका जाजरकोटको भेरी नगरपालिका रिम्नाका आठ परिवार र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४ का भूकम्प प्रभावित ५० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

समाजसेवी मदन शाहका अनुसार फाउण्डेशनका अध्यक्ष सौरभ रिमालको नेतृत्वमा आएको टिमले मंगलबार दुबै स्थानमा पुगेर सामाग्री हस्तान्तरण गरेको हो । करिब चार लाख बराबरको राहत सामाग्री वितरण गरिएको शाहले बताउनुभयो ।

फाउण्डेशनले त्रिपाल, ब्लांकेट, चिनी, चिउरा, दाल, तेल, नुन लगायतका राहत सामाग्री वितरण गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार