मुसिकोट १३ का ६० घर पूर्ण रुपमा क्षति

मुसिकोट १३ का ६० घर पूर्ण रुपमा क्षति

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ का ६० घर पूर्ण रुपमा क्षति भएका छन् ।

शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण वडाका ६० घर पूर्ण रुपमा क्षति भएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।

वडा कार्यालयले प्रहरीसँगको समन्वयमा संकलन गरेको क्षतिको लगत विवरण अनुसार यस वडामा ४१५ घर आंशिक रुपमा क्षति भएका छन् । वडामा रहेको ७३० घरधुरी रहेका छन् ।

वडा अध्यक्ष खड्काका अनुसार घर पूर्ण रुपमा क्षति भएका परिवारहरु त्रिपालको समेत अभाव रहेको छ । अहिलेसम्म ८० वटा त्रिपाल र ११ वटा ब्याङकेट मात्र वडामा प्राप्त भएको उहाँले बताउनुभयो ।

खड्काले भूकम्प प्रभावित परिवारहरुको लागि तत्काल त्रिपाल र ब्याङकेट जरुरी रहेको उल्लेख गर्नुभयो । हाल वडामा प्राप्त भएका सामाग्री चितवनका युवाहरुले उपलब्ध गराएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार