त्रिवेणीमा करिब दुई हजार घर पूर्ण रुपमा क्षति, सहयोगका लागि अपिल

त्रिवेणीमा करिब दुई हजार घर पूर्ण रुपमा क्षति, सहयोगका लागि अपिल

मुसिकोट । गत शुक्रबार आएको भूकम्पको कारण रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मात्र एक हजार ९३५ घर पूर्ण रुपमा क्षति भएका छन् ।

मानविय क्षति नभएतापनि बसेको घरहरु भत्किदा सयौ परिवार बिस्थापीत भएर बसिरहेका छन् । त्रिवेणी गाउँपालिका भित्र एक हजार २५८ घर आंशिक रुपमा क्षति भएका छन् ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीका अनुसार त्रिवणी गाउँपालिकाका प्रभावितहरुले हालसम्म कुनै पनि निकायबाट राहत पाउन सकिरहेका छैनन् । पालिका एक्लै विपद्को सामना गरिरहेको जानकारी दिनुहुँदै एक्लैले मात्र त्यो सम्भव नरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सयौ घरपरिवारहरु त्रिपाल तथा टेन्ट नपाएर खुला आकाशमूनि चिसो रात बिताउन बाध्य भएका छन् । चिसोको कारण बालबालिका र जेष्ठ नागरिकहरुमा स्वास्थ्य समस्या बढ्न थालेको बताईएको छ ।

हालसम्म गाउँपालिकामा युनेस्कोले २० वटा त्रिपाल र सशस्त्र प्रहरीले २६८ वटा त्रिपाल मात्र उपलब्ध गराएको छ । गाउँपालिकाले प्रभावितहरुलाई राहतको व्यवस्था गरिदिन विभिन्न निकायहरुलाई अनुरोध समेत गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार