मेरो माइक्रोफाइनान्सद्वारा भूकम्प पीडितलाई आठ लाख बराबरको राहत सहयोग

मेरो माइक्रोफाइनान्सद्वारा भूकम्प पीडितलाई आठ लाख बराबरको राहत सहयोग

भूकम्पमा परेका सदस्यलाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था कालिमाटी जाजरकोट शाखाले आठ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ ।  नलगाड नगरपालिका वडा नम्बर १ देखि ७ सम्मका तथा बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सदस्यलाई संस्थाले राहत दिएको हो ।

पाली, कल्पत, डाँडागाउँ, कैना, चाउलिचौर, करुवा, कट्के, बाङ्गेडाँडा, गराक्ली, औल, भारगाउँ, थाप्ला, लह, खनटाकुरा, कालिमाटी, दल्ली, बारेकोट गाउँपालिका ८ कोल्लेनी गाउँ, सागुतारा गाउँ, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका चिसापानी, भल्म, घेत्मा, पिपलगैरा र जाजरकोटको भेरी नगरपालिका १ रिम्नाका गरी विभिन्न केन्द्रमा आवद्ध ३ सय ९८ जना पीडितलाई राहत उपलब्ध गराइएको हो ।

भूकुम्प पीडित सदस्यलाई संस्थाको अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भण्डारीको उपस्थितिमा राहत वितरण गरिएको हो । मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार