रुकुम पश्चिममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

रुकुम पश्चिममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

फाईल तस्बिर ।

मुसिकाेट । रुकुम पश्चिममा एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ३ की २० बर्षिया फुलमाया ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल थप उपचारको लागि लगिएको हो ।

बिहीबार सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा जुम्ल्याहा बच्चालाई जन्मिनुभएकी ओलीको अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो।

जुम्ल्याहा बच्चा मध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जनाको निकै कम तौल (८५० ग्राम) को रहेको अस्पतालले जनाएको छ।

प्रजिअ पन्तका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट ओलीको उद्धार गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार