डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ सुरु

डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ सुरु

फाईल फोटो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ थर्पूमा रहेको डिग्रे शाईकुमारी मन्दिरमा आजदेखि पूजापाठ सुरु भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिन सम्म दर्शनार्थीको बाक्लो भिड लाग्ने मन्दिरमा बिहानैदेखि पूजापाठ सुरु भएको हो ।

बिहान साढे ५ बजे देखि शाईकुमारी मन्दिरको दर्शन तथा पूजापाठका लागि श्रद्दालु भक्तजनको बाक्लो उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बताउनुभयो।

डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा एकादशी देखि पूर्णिमाको दिन सम्म भव्य रुपमा पूजापाठ र मेला लाग्ने गर्दछ । मनले चिताएको पूरा हुने धार्मिक जनविश्वास रहेको डिग्रे मन्दिरमा पूजापाठका लागि देशका विभिन्न ठाउँबाट सर्वसाधारणको उपस्थिति हुने गरेको छ ।

त्यस्तै मन्दिरको भिडलाई मध्यनजर गर्दै यसवर्ष देखि सिसि क्यामेरा जडान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार