तिर्थधाम दुदिलचौरमा निर्माण भएको मन्दिर आज उद्घाटन हुँदै

तिर्थधाम दुदिलचौरमा निर्माण भएको मन्दिर आज उद्घाटन हुँदै

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोष अन्तरगत दुदिलचौर तिर्थधाममा निर्माण भएको नयाँ मन्दिर उद्घाटन आज हुने छ ।

आज साढे ११ वजे पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य जर्नादन शर्माले मन्दिरको उद्घाटन गर्नु हुनेछ । उद्घाटन कार्यक्रमको तयारी पुरा भएको बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुब्रराज केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघिय सरकार अन्तरगत सहरी विकास आयोजना ईकाइ सुर्खेतले मन्दिर निर्माणको लागि ५० लाखमा ठेक्का आह्वान गरेकोमा ३८ लाख ठेक्कामा मन्दिर निर्माण भएको हो । एक वर्षमा मन्दिर, जग्गेकुण्ड, बलि चढाउने ठाउँ, मन्दिर वरिपरी रेलिङ, फिल्ड निर्माण र सिढि निर्माण गरिएको छ ।

१९६५ मा निर्माण भएको मन्दिरमा नयाँ मन्दिर निर्माण भए पछि प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री शर्माले आज उद्घाटन गर्नुहुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार