दुधिलचौरमा निर्माण गरिएको बुढुमष्ट मन्दिरको उद्घाटन

दुधिलचौरमा निर्माण गरिएको बुढुमष्ट मन्दिरको उद्घाटन

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोष अन्तरगत दुदिलचौर तिर्थधाममा निर्माण भएको नयाँ मन्दिरको उद्घाटन भएको छ । शनिबार पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले नव निर्मित मन्दिरको उद्घाटन गर्नुभएको हो ।

संघीय सरकार अन्तरगत सहरी विकास आयोजना ईकाइ सुर्खेतले मन्दिर निर्माणको लागि ५० लाखमा ठेक्का आह्वान गरेकोमा ३८ लाख ठेक्कामा मन्दिर निर्माण भएको हो । एक वर्षमा मन्दिर, जग्गेकुण्ड, बलि चढाउने ठाउँ, मन्दिर वरिपरी रेलिङ, फिल्ड निर्माण र सिढि निर्माण गरिएको छ ।

मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री शर्माले जिल्लालाई धार्मिक पर्यटनसँग जोड्ने योजना अघि बढाएको बताउनुभयो ।

बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुब्रराज केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, प्रदेशसभा सदस्य महेन्द्र केसी, तुलसा मल्ल, पूर्व राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।

बुढुमष्ट क्षेत्र विकास कोषका सल्लाहकार गोपाल केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन रामप्रसाद केसीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार