भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण

भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण

मुसिकोट । असल छिमेकी नेपाल पोखराले जाजरकोटका भूकम्प प्रभावितलाई न्यानो कपडा उपलब्ध गराएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ का भूकम्पले घरबार गुमाएका २ सय ५० घरपरिवारलाई न्यानो खालको कपडा वितरण गरेको असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रति परिवार ब्ल्याङकेट मोटो १ थान, ब्ल्याङकेट पातलो १ थान, त्रिपाल (१८ Χ २४) १ थान, टोपी ५ थान लगाएतका सामाग्री वितरण गरिएको छ । त्यस्तै बारेकोट गाउँपालिका वडा न. १,२,३,४ र ५ नम्बर वडाका.२ सय जना सुत्केरी तथा गर्भवती महिलाहरुको लागि स्थानिय स्वास्थ्य इकाइहरुको समन्वयमा खाद्य तथा कपडाहरु वितरण गरिएको हो ।

परियोजना प्रमुख सुमन वयलकोटीका अनुसार उपलब्ध सामानहरुमा प्र्रति सुत्केरी तथा गर्भवती महिलालाई ऊनिको पच्छ्यौरा १ थान, बच्चाको ब्ल्याङकेट १ थान, पोलार ब्ल्यान्केट १ थान, १÷२ केजी घ्यू, ज्वानो २०० ग्राम, मेथी १०० ग्राम, मोजा २ जोडी, आमालाई ऊनिको टोपी १ थान, बच्चालाई ऊनिको टोपी १ थान, तोरीको तेल १ लिटर, लुगा धुने साबुन २०० ग्रामको ३ वटा, नुहाउने साबुन ७५ ग्रामको २ वटा र जेब्रा ब्याग वितरण गरिएको छ ।

चिसोको समयमा न्यानो कपडा र सुत्केरी तथा गर्भवती महिलाहरुले राहत सामाग्रीहरु पाएपछि भुकम्प प्रभावितहरुले खुसी व्यक्त गरेका छन । राहत सामाग्री जिल्ला विपत व्यवस्थापन समिति जाजरकोट, बारेकोट गाउँपालिका, वडा र स्थानिय अगुवाहरुको समन्वयमा वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि लाल बहादुर पुन, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारी लगाएत असल छिमेकी नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार