जेठ ८ काठमाडौ । बिहीबार दाङमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा घोराही उपमहानगरपालिकाकाे क्यारेन्टाइनमा बसेका एकजनामा कोरोना पुष्टि भएको हो ।
घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिनुभएको छ ।
देवका अनुसार संक्रमीत पुरुष जेठ ५ गते भारतबाट आएका थिए । उनीसहित आएका ५ जनामा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसहित दाङमा तीन जनाका कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।