सानीभेरीमा कृषि मेला प्रदर्शनी, २६ जना कृषक पुरस्कृत

सानीभेरीमा कृषि मेला प्रदर्शनी, २६ जना कृषक पुरस्कृत

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्लीमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । कृषि विकास कार्यालय रुकुम पश्चिम र सानीभेरी गाउँपालिकाको संयुक्त आयोजनामा वडा नम्बर ९ सिम्लीको राप्ती ज्ञानोदय माविको प्रांगणमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनीमा कृषकले उत्पादन गरेका विभिन्न ६ वटा विधा अन्तर्गतका कृषि बाली उत्पादनहरु प्रदर्शनीमा राखिएको सानीभेरी गाउँपालिका कृषि विकास शाखा प्रमुख महेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका कृषि वस्तुहरु राखिएको थियो ।

प्रदर्शनीमा ३ सय ७६ बालीबस्तुहरुमा कृषकहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये ६ वटा विधा अन्तर्गतका २६ जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।

प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न कृषकहरुलाई क्रमश ४ हजार, ३ हजार २ हजार ५ सय र २ हजार नगद रकम तथा प्रमाणपत्र प्रदान गरिएको छ । उक्त कार्यक्रमले व्यावसायिक कृषकलाई थप प्रोत्साहन मिल्ने विश्वास कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि मेला प्रदर्शनीमा किसानका सन्देशमुलक गीत नृत्य तथा विभिन्न वडाका झाँकीहरु प्रस्तुत गरिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार