पुस २८ देखि रिम्नामा पर्यटन मेला लाग्ने

पुस २८ देखि रिम्नामा पर्यटन मेला लाग्ने

रिम्ना दोभान । तस्बिर : हेमन्त केसी/रासस

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा यो वर्ष पनि रिम्ना, धार्मिक, खेलकुद, साँकृतिक तथा पर्यटन मेला लाग्ने भएको छ । पुस २८ गते देखि माघ ३ गते सम्म मेला लाग्ने मेला मेला ब्यबस्थापन समिति अध्यक्ष नबिन ओलीले जानकारी दिनुभयो ।

मेलाको अवसरमा खुल्ला वडा स्तरिय पुरुष भलिबल, सटफुट, छेलो प्रतियोगिताका साथै सास्कृतिक कार्यक्रमको पनि पनि आयोजना गरिएको छ । पुरुष भलिबल यही पौष २८ गत्ते देखि सञ्चालन हुने छ । भलिबल प्रतियोगितामा विजेता हुने समुहले १ लाख १ हजार, उप विजेताले ७० हजार र सान्तोना टिमले ३५ हजार रुपयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै मेलामा सटफुट छेलो प्रतियोगिताको पनि आयोजना गरिएको छ । जसमा प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रो हुुनेलाई २ हजार पुरस्कार रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार