सिम्रुतुमा करेन्ट लागेर एक जनाको मृत्यु

सिम्रुतुमा करेन्ट लागेर एक जनाको मृत्यु

मुसिकोट । रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बस्ने २४ बर्षका सुमन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बुधबार बेलुका त्रिवेणी गाउँपालिमा २ को सिम्रुतुमा टेकमाईन नेटवर्कको वाइफाई जडानका लागि तार तान्ने क्रममा थापालाई विद्युतको पोलबाट करेन्ट लागेर घाइते हुनुभएको थियो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थापालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । अस्पतालमा डाक्टरले थापालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार