राष्ट्रपति रनिङ शिल्ड माघ १६ देखि सञ्चालन हुने

राष्ट्रपति रनिङ शिल्ड माघ १६ देखि सञ्चालन हुने

फाईल फोटो

मुसिकोट । यस बर्ष पनि रुकुम पश्चिममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा माघ १६ गतेबाट सञ्चालन हुने १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

आईतबार मुसिकोटमा बसेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले सानीभेरी गाउँपालिकाको बेलटापु खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौरजहारीमा गत बर्ष सञ्चालन भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापनका बेला नै सानीभेरी गाउँपालिकाले १४ औँ शिल्ड आयोजना गर्ने गरी झन्डा ग्रहण गरेको थियो ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दौड, कबड्डी, हाइजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो, सितेरियो कराँतेतर्फका खेलहरू हुने कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार