रुकुम पश्चिममा १४ वर्षीय बालकको हत्या, एक जना पक्राउ

रुकुम पश्चिममा १४ वर्षीय बालकको हत्या, एक जना पक्राउ

मुसिकोट । रुकुम पश्चिममा खुकुरी  प्रहार गरी एक बालकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार मुसिकोट नगरपालिका–११, को कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला पर्ने रोल्पाको परिवर्तन गाउँपालिका—४, पाछावाङमा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

डाँगी दिदीको घरमा आएका थिए । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका–११, कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको पनि प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक खड्काका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ ।

घटना आइतबार दिउँसो १२ बजेतिरको हो । हत्या गर्ने चन्द्रबहादुरलाई पक्राउ गरिएको छ भने घाइते पुनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार हत्या गर्ने चन्द्रबहादुरको मानसिक अवस्था ठिक नभएको पाइएको छ ।  घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार