आठविसकोट नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न

आठविसकोट नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । आईतबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको नगर सभाले विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो ।

नगर सभामा आठविसकोट नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन गरिएको छ भने चालु आर्थिक बर्ष २०८०/०८१ को साउन १ गते देखि पुष मसान्त सम्मको आयव्यय सार्वजनिकरण तथा प्रगति समिक्षा गरिएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिसा, वित्तीय जोखिम सुशासन स्वमूल्याङ्कन, स्थानीय तह आर्थिक विकास मूल्याङ्कनको नतिजा कार्यक्रमको समेत समिक्षा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले बताउनुभयो ।

उहाँका अनुसार आठविसकोट नगरपालिकाको निसान छाप संशोधन सहित पारित गरिएको छ । त्यस्तै पुनःनिर्माण सम्वन्धि प्रस्ताव पनि सभाबाट पारित गरिएको जनाइएको छ ।

जिल्ला समन्वय समिति प्रमुख लुम्बीनि गौतम केसीको प्रमुख आतिथ्यता र नगर प्रमुख रवि केसीको अध्यक्षतामा सम्पन्न सभामा, उप प्रमुख धन कुमारी शाही,
विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकाय, पत्रकार लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार