वडाध्यक्षको निधनमा सानीभेरी गाउँपालिकामा शोक बिदा

वडाध्यक्षको निधनमा सानीभेरी गाउँपालिकामा शोक बिदा

मुसिकाेट । रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा भाेली मगलबार शोक बिदा दिईएको छ ।

साेमबार दिउँसो सानीभेरी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष अल बहादुर खनालको असामयिक निधन भएको शोकमा भाेली सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहान वडा अध्यक्ष खनालको उपचारको क्रममा मृत्यु भएको खबरपछि आकस्मिक रुपमा बसेको गाउँ कार्यपालिका बैठकले भोलि मंगलबारको दिनलाई ‘सानीभेरी शोकको दिन’ घोषणा गरेर सार्वजनिक बिदा गर्ने निर्णय गरिएको छ ।

उक्त दिन गाउँपालिकामा भित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिईएको छ भने सबै सरकारी कार्यालयहरुमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय भएको छ ।

४१ वर्षिय वडा अध्यक्ष खनालको काठमाडौको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । जण्डिसको कारण उहाँको फोक्सो, कलेजो र मृगौलामा समस्या भएपछि भेण्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

खनाल गत स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार