वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

मुसिकोट । रुकुम पश्चिममा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय रुकुम (पश्चिम) अन्तरगत चौफा सब डिभिजन वन कार्यालयको आयोजनामा हिमालय माध्यमिक विद्यालय खोलागाउँ वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।

बिहिबार भएको कार्यक्रममा वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, वन अतिक्रमण नियन्त्रण, वन पैदावारको चोरी तस्किरीको न्यूनिकरण लगायतको बिषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा हिमालय माविका कक्षा ८ का ९० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार