मुसिकोट । रुकुम पश्चिममा भूकम्प प्रभावित लाभग्राही पहिचान भएका २६ हजार बढी परिवारको अस्थायी आवास निर्माण भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभरी २६ हजार ७०७ अस्थायी आवास निर्माण भएका हुन ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार जिल्लाका ६ वटा स्थानीय तहमा अहिले ५ हजार ६३७ वटा अस्थायी आवास निर्माण भईरहेका छन् ।
उहाँका अनुसार हालसम्म ३० हजार ४६ जना लाभग्राहीको खातामा अस्थायी आवास बनाउनको लागि ७५ करोड ११ लाख ५० हजार रुपियाँ जम्मा भईसकेको छ ।