भूकम्प प्रभावित क्षेत्रमा २६ हजार ७ सय अस्थायी आवास निर्माण

भूकम्प प्रभावित क्षेत्रमा २६ हजार ७ सय अस्थायी आवास निर्माण

मुसिकोट । रुकुम पश्चिममा भूकम्प प्रभावित लाभग्राही पहिचान भएका २६ हजार बढी परिवारको अस्थायी आवास निर्माण भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार जिल्लाभरी २६ हजार ७०७ अस्थायी आवास निर्माण भएका हुन ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार जिल्लाका ६ वटा स्थानीय तहमा अहिले ५ हजार ६३७ वटा अस्थायी आवास निर्माण भईरहेका छन् ।

उहाँका अनुसार हालसम्म ३० हजार ४६ जना लाभग्राहीको खातामा अस्थायी आवास बनाउनको लागि ७५ करोड ११ लाख ५० हजार रुपियाँ जम्मा भईसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार