रुकुम पश्चिममा अवैध जडिबुटी ओसारपसारको आरोपमा दुई जना पक्राउ

रुकुम पश्चिममा अवैध जडिबुटी ओसारपसारको आरोपमा दुई जना पक्राउ

मुसिकाेट । अवैध रुपमा वन पैदावार (जडिबुटी) ओसारपसार गरेको आरोपमा रुकुम पश्चिममा दुई जनालाई पक्राउ परेका छन ।

बिहीबार डिभिजन वन कार्यालय रुकुम पश्चिमले अवैध रुपमा वन पैदावार (पाँगर) ओसारपसारमा संलग्न रहेको भन्दै दुई जनालाई हिरासतमा राखी अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ५ निवासी ३१ वर्षिय बिक्रम रावल र जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्वर ५ निवासी २३ वर्षिय आनन्द बुढा रहेका छन् । उनीहरुको साथबाट ५७ बोरा अवैध वन पैदावार बरामद गरेको बताईएको छ ।
आरोपीहरुहरुलाई आठविसकोट नगरपालिका -९ गिजाबाट इलाका प्रहरी कार्यालय आठविसकोटको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहिका लागि आठविसकोट सब डिभिजन वन कार्यालयलाई बुझाइएको थियो ।

पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालयले वन ऐन, २०७६ बमोजिम कारबाहिको लागि मुद्धा चलाएको छ । उनीहरुको विरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार