मुसिकोटमा एक पुरुष मृत अवस्थामा फेला

मुसिकोटमा एक पुरुष मृत अवस्थामा फेला

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ का एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान मुसिकोट नगरपालिका वडा नम्बर १२ जुम्लाबाङ निवासी ५१ वर्षिय हस्तराम खड्कालाई मुसिकोट नगरपालिका १२ र त्रिवेणी गाउँपालिका ७ को सिमाना नजिकै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार मृतक खड्काको टाउकोमा गहिरो चोट रहेको छ । घटनाका सम्बन्धमा अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार