राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसले
उम्मेदवारी दिने निर्णय गरेको छ ।

शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ ।
उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले बताएको छ ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार