ज्ञान ज्योती युवा क्लबद्वारा भूकम्प प्रभावित परिवारलाई राहत प्रदान

ज्ञान ज्योती युवा क्लबद्वारा भूकम्प प्रभावित परिवारलाई राहत प्रदान

मुसिकाेट । रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्वर १० मा रहेको ज्ञान ज्योती युवा क्लबले भूकम्प प्रभावित घर परिवारलाई राहत सामाग्री प्रदान गरेकाे छ ।

क्लबले त्रिवेणी गाउँपालिका वडा नम्बर १० टोट्केका ८२ घर भूकम्प प्रभावित परिवारहरुलाई राहत स्वरूप बलाङ्केट र म्याट उपलब्ध गराईएको क्लबका अध्यक्ष मनोज खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार भूकम्प प्रभावित परिवारहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ राहत सामाग्री उपलब्ध गराईएको हाे । अन्य परिवारहरुको लागि समेत राहत सामाग्रीको लागि सहयोगी निकायहरुसँग समन्वय भईरहेको अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

राहत वितरण कार्यक्रममा वडा नम्वर १० का वडा सदस्य शेर बहादुर ओली, क्लबका सल्लाहकारहरु प्रेम प्रकाश खड्का,  केशव खड्का,  क्लबका उपाध्यक्ष नवीन केसी,  सह सचिव राजु केसी, सदस्यहरु निमा खडका, टिकाजङ केसी, निरुता ओली र कवि कुमार ओली लगायतको उपस्थिति रहेको थियो ।

क्लबले गाउँमा गोरेटो बाटो निर्माण, सरसफाई, बिपन्न परिवारहरुलाई सहयोग समेत गर्दै आईरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार