कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।

सात दिन समय दिएर सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबार अपराह्न प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका थिए।

यसअघि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकमा सम्बोधन गरी राजीनामाको घोषणा गरेका थिए।
सत्ता गठबन्धन दलहरूबीच संघमा भएको सहमतिमा कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार