आठबिसकोट महोत्सवको सम्पूर्ण तयारी पुरा

आठबिसकोट महोत्सवको सम्पूर्ण तयारी पुरा

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडीमा आयोजित महोत्सवको तयारी पुरा भएको छ ।

कला, संस्कृति, पर्यटन तथा प्रवर्द्धन मञ्चको आयोजनामा भोली (चैत २२) गतेबाट सञ्चालन हुन लागेको आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पुरा भएको बताइएको छ

स्टल निर्माण, मञ्च व्यवस्थापन देखि अन्य सबै तयारी पुरा भएको कला, संस्कृति, पर्यटन तथा प्रवर्द्धन मञ्चका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । महोत्सव उद्घाटन कार्यक्रममा स्थानीय झाँकीहरू प्रदर्शन गरिने छ ।

महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, रामजी खाँड, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।  महोत्सवमा ५० बढी स्टल रहने भएका छन् ।

त्यस्तै महोत्सवको सह आयोजकमा समृद्ध कर्णालीका लागि हाम्रो चाहना रुकुम पश्चिम रहेको छ । व्यवस्थापकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम र संरक्षकमा आठबिसकोट नगरपालिका रहेका छन् ।

महोत्सव बैशाख २ गतेसम्म सञ्चालन हुने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार