सुशील कोइरालाको स्मृतिमा रुकुम पूर्वमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

सुशील कोइरालाको स्मृतिमा रुकुम पूर्वमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

रुकुमकोट । रुकुम पूर्वमा सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशले एकदिने निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा प्रतिष्ठानले यही चैत २३ गते रुकुमकोटमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्ने लागेको हो ।

यस क्षेत्रका जनताको स्वास्थ्य समस्या पहिचान गर्न शिविर सञ्चालन गर्न लागिएको नेविसंघ रुकुम पूर्वका अध्यक्ष एवं केन्द्रीय सदस्य सुमन बुढामगरले जानकारी दिनुभयो ।

शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसूति, नाक,कान, घाँटी, शल्यक्रिया, मानसिक तथा नसा रोग, आँखा तथा दन्त रोग, मुटु रोग र बालरोग विशेषज्ञ सेवा प्रदान गरिने केन्द्रीय सदस्य मगरले जानकारी दिनुभयो ।

शिविरका इसिजी,भिडियो एक्स रे, सुगर, युरिक एसिड, ब्लड ग्रुप लगायतको जाँच गरिने प्रतिष्ठानले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार