नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा निर्वाचित

नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा निर्वाचित

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न भएको एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षसँगै ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

अधिवेशनबाट उपाध्यक्षमा मनबिर घर्ती र सचिवमा शसिराम नेपाली चयन हुनुभएको छ ।

अध्यक्ष देवकोटा, उपाध्यक्ष घर्ती र सचिव देवकोटा यस अघि पनि सोहि पदमा हुनुहुन्थ्यो । उप९सचिवमा तिलक बस्नेत र ब्युझना पुन देवकोटा चयन हुनुभएको छ ।

यस्तै पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ । नव निर्वाचित जिल्ला कमिटीको नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाण पत्र वितरण गरिएको छ ।

जिल्ला अधिवेशन चैत १६ गते उद्घाटन भई १७ गतेदेखि बन्द सत्र सुरु भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार