पत्रकार महासंघको स्थापना दिवसको अवसरमा मुसिकोटमा अन्तरकृया

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा मुसिकोटमा अन्तरकृया

मुसिकोट । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवस रुकुम पश्चिममा पनि मनाइएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा दिवसको अवसरमा शुभकामना तथा चियापान र अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले पत्रकारले वाच डकको भूमिकालाई अझै बढाउनुपर्ने बताउनुभयो । साथै उहाँले न्याय सम्पादनका विषयमा पत्रकारहरूले समाजलाई सुसूचित गर्न आवश्यक रहेको बताउनुभयो । न्याय सम्पादनको प्रक्रियाका बारेमा जानकारी नहुँदा अन्यौलता देखिएको बताउँदै उहाँले यसमा भूमिका खेल्न पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले पत्रकार र मिडियाले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारको क्षमता विकास र मिडियाको संस्थागत विकासका लागि नगरपालिकाले ध्यान दिएको बताउनुभयो ।

यस्तै  आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले पनि मिडिया र पत्रकारको हितका लागि आफ्नो पालिका गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पत्रकार समयानुकुल अपडेट हुँदै जानुपर्ने सुझाव राख्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सह सचिव नारायण ओलीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न पत्रकार सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा कार्यरत पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार