अस्थायी टहरामा आगलागी

अस्थायी टहरामा आगलागी

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको एक भूकम्पपीडितको अस्थायी आवास (टहरा) मा आगलागी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ५ घोरनेटी निवासी चन्द्रकला घर्तीको मंगलबार बेलुका अस्थायी आवासमा आगलागी भएको हो ।

खाना पकाउने क्रममा हावाहुरी कारण टहरामा आगो सल्केको वडा अध्यक्ष रनबहादुर पुनले जानकारी दिनुभयो ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण घर क्षती भएपछि पुन परिवार अस्थायी टहरा बस्दै आएका थिए ।

आगलागीबाट अन्नपात, लत्ताकपडा लगायतका कागजात लगायत करिब दुई लाख बराबरको सामाग्री जलेर नष्ट भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार