दैलेख । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले रुकुमका क्रियाशिल पत्रकार राजु लामिछानेलाई सम्मान गरेको छ ।
चौरजहारी नगरपालिका –१ रुकुम पश्चिम निवासी पत्रकार लामिछानेलाई पत्रकारीता क्षेत्रमा पु¥याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
शनिबार दैलेखको कोतगढीमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको ऐतिहासिक तेस्रो प्रदेश अधिवेशनको अवसरमा उहाँलाई सम्मान गरिएको हो ।
लामिछाने विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ गोरखापत्र राष्ट्रिय दैनिक, मूलपाटी अनलाईन, उज्यालो अनलाईन तथा रेडियो, असल शासन लगायतका मिडियामा कार्यरत हुनुहुन्छ । सुशासन र सामाजिक सवालमा उहाँले बढी कलम चलाउनुहुन्छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2024/04/437570020_10220640252995203_1909204722750168953_n.jpg?resize=640%2C443&ssl=1)