ट्रेड युनियन काँग्रेसद्वारा श्रमिक दिवसको अवसरमा फलफूल वितरण

ट्रेड युनियन काँग्रेसद्वारा श्रमिक दिवसको अवसरमा फलफूल वितरण

मुसिकोट । नेपाल ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

आज १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियनले जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीहरुलाई फलफूल विरतण गरेको हो ।

युनियनले अस्पतालमा भर्ना भएका १८ जना बिरामी, कुरुवा र अन्य बिरामीहरु समेतलाई फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमका अध्यक्ष देवबहादुर खड्का, कर्णाली प्रदेशका उपाध्यक्ष यामबहादुर केसी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष डम्बर खड्का, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, सरस्वती मावि सल्लेका प्रधानाध्यापक खम्बु थापा, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओली, अधिवक्ता अमर ओली लगायतको सहभागिता रहको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार