पितिबाङ खोलामा बाढी, यातायात अवरुद्ध

पितिबाङ खोलामा बाढी, यातायात अवरुद्ध

मुसिकोट । शनिबार दिउँसो परेको पानीको कारण मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा बाढी आएको छ । बाढीको कारण खोलामा लगाईएका ह्युम पाइप बगाको छ भने राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

स्थानीयका अनुसार खोलामा आएको ठुलो बाढी र ह्युम पाईप बगाएपछि यातायातका साधानहरु रोकिएका छन् । रुकुम पूर्वको रुकुमकोट, रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट राप्ती राजमार्ग हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौं जाने सवारी साधनहरु शनिबार बेलुकादेखि अवरुद्ध भएका छन् ।

यसका साथै स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनहरु समेत अवरुद्ध रहेको छन् । यातायात अवरुद्ध भएपछि सयौ यात्रु तथा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ ।

डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले अहिले पनि बाढी ठुलो मात्रामा रहेकोले तत्कालको लागि डाईभर्सन गर्ने काम भईरहेको जानकारी दिनुभयो । खोलामा पानीको मात्रा कम भएपछि आजै करिब एक दर्जन ह्युम पाइप राखेर यातायात सञ्चालनमा सहजता ल्याउने शर्माले बताउनुभयो । अहिले खोलामा स्काईभेटरको प्रयोग मार्फत डाईभर्सनको काम भईरहेको छ ।

यस खोलामा पुल निर्माणको काम सुरु भएतापनि अहिले अलपत्र अवस्थामा रहेको छ । २०७८ बैशाख ७ गतेसम्म पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारी बिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो ।

मूल्य अभिवृद्ध कर बाहेक चार करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल ४ वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरु, यात्रुवाहक सवारी साधनहरु, उद्योगी व्यवसायीका मालवाहक गाडीहरु, बिरामी बोकेका एम्बुलेन्सहरुले सास्ती पाइरहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार