छेपारेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

छेपारेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

मुसिकोट । शुक्रबार दिउँसो रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ छेपारे नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कुम पश्चिमका अनुसार ट्याक्टर दुर्घटनामा परेर आठविसकोट नगरपालिका १४ निवासी ट्याक्टर चालक २२ वर्षिय विकास खड्का र सोहि स्थानमा १९ वर्षिय हरि आचार्यको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । तीन जना घाईतेलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ पठाईएको प्रहरीले जानकारी दिएको छ ।

आठविसकोटको पिपलचौरबाट जाजरकोटको रिम्नातर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरीमा खसेको हो । ट्याक्टर भेरी नदिमै रहेकोले नम्वर खुलेको छैन ।

उक्त ट्याक्टरमा चालकसहित पाँच जना चढेको बताईएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार