कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी पक्राउ

मुसिकोट । कर्तव्य ज्यान मुद्धामा फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका –१३ एगौली निवासी ४० वर्षिया हिरा बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिकलाई बिहिबार दाङको बबई गाउँपालिका वडा नम्वर ५ हुरुमबेलीचौरबाट पक्राउ गरिएको हो ।

उहाँका अनुसार २०७५ पुस २५ गते बिकले आफ्नै देउरानी नाता पर्ने २८ वर्षिया कल्पना नेपालीलाई कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईतेको कल्पनाको २०७८ मङ्सिर १९ गते उपचारकै क्रममा मृत्यु भएका प्रहरीको भनाई छ ।

घाईतेको मृत्युपश्चात फरार रहेकी आरोपी हिरा बिकलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय तुल्सीपुरसँगको समन्वयमा पक्राउ गरेको हो ।

पक्राउ परेकी आरोपी बिकलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम ल्याईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार