यो वर्ष घोराही सिमेन्ट ६४ करोडभन्दा बढी नोक्सानीमा

यो वर्ष घोराही सिमेन्ट ६४ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड ६४ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।

गत वर्ष यस अवधिसम्म ३ करोड ३९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । सञ्चालनबाट हुने आम्दानी घट्नु र विक्री खर्चसँगै वित्तीय खर्च बढ्नुले कम्पनीको खुद नाफामा असर परेको हो ।

गत वर्ष ३ अर्ब १३ करोड रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।

विक्री खर्च भने गत वर्ष २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी भएको छ । वित्तीय खर्च गत वर्ष ३३ करोड २७ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ । जगेडा कोष रकम गत वर्षको तुलनामा यस वर्ष करीब ३६ प्रतिशत बढी ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर १८ रुपैयाँ ७६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२० रुपैयाँ ५५ पैसा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार